शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
नेपाल एयरलाइन्समा आर्थिक हिनामिनाकाे नयाँ उपाय

परिमाण लुकाएर ५४ लाख रूपैयाँको कोभिड रोकथाम सामग्री खरिद गर्दै

images
images
images
परिमाण लुकाएर ५४ लाख रूपैयाँको कोभिड रोकथाम सामग्री खरिद गर्दै
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले कुन सामान कति परिमाणमा खरिद गर्ने हो भन्ने कुनै विवरण सार्वजनिक नगरी ५४ लाख २५ हजार रूपैयाँ बरारबरको कोभिड रोकथाम सामग्री खरिद गर्न लागेको छ।

images
images
images

निगमले ४ वटा कम्पनीसँग ६ प्रकारकाे सामग्री खरिद गर्न लागेको हाे। जसमा सेनिटाइजर जेल बोत्तल, सेनिटाइजर जार, सर्जिकल ग्लोब्स, सर्जिकल माक्स, फेस सिल्ड र पीपीई खरिद गर्न लागेको छ।

images

निगमले ४ वटा कम्पनीलाई सम्झौता गर्न बोलएको छ। तर निगमको सूचनामा कुन सामान कति परिमाणमा खरिद गर्न लागेको भने भन्ने विषय लुकाइएको छ। निगमले परिमाण नखुलाएपछि रकम भने खुलाएको छ। कुन सामान कति रूपैयाँका दरमा किनिन लागेको हो भन्ने नखुलाउँदा आर्थिक हिनामिनाका लागि बाटो राखिएको आरोप लागिरहेको छ। 

images

निगमको साधरण तथा सम्पत्ति व्यवस्थापन विभागले सोमबार ६ वटा कम्पनीलाई सभ्झौता गर्न आउन भन्दै सूचना प्रकाशित गरेको छ। तर कुन सामान कति खरिद गर्न लागेको हो भन्ने विवरण भने लुकाइएको छ। 

images
images
२४.jpg
        सम्झौताका लागि जारी गरिएको सूचना
१५.jpg
        म‌ंसिर २९ गते सामान खरिदका लागि जारी भएको सूचना

निगमले  ३३ लाख ९८ हजार १ सय ६० रूपैयाँमा पीपीई खरिदका लागि भन्दै सभाना ट्रेडलाई सम्झौता गर्न आउन भन्दै सूचना जारी गरेको हो।

यसैगरी सभानासँग नै ३ लाख ३९ हजार ६ सय रूपैयाँ बराबरको फेस सिल्ड खरिद गर्न लागेको छ। निगमले ४ लाख ९५ हजार रूपैयाँमा सर्जिकल मास्क खरिदका लागि के एस इन्टरनेश्नललाई सम्झौता गर्न आउन भनेको छ।

साथै निगमले सनराइज सर्जिकल हाउससँग ७ लाख ७० हजार रूपैयाँ बराबरको सर्जिकल ग्लोब्स, कमला इन्टरनेश्नलसँग सेनिटाइजर जार १ लाख ४१ हजार ८ सय रूपैयाँ बराबरको र के एस इन्टरनेश्नलसँग नै २ लाख ८० हजार ८ सय रूपैयाँ बराबरको सेनिटाइजर जेल बोतल खरिदका लागि सम्झौता गर्न आउनु भन्दै सूचना जारी गरेको छ।

तर सूचनामा कुन सामान कति खरिद गर्ने विवरण खुलाइएको छैन। यस विषयमा हामीले निगम प्रवक्ता अर्चना खड्कालाई सामानको एकमुष्ट रकम आए पनि विवरण किन सार्वजनिक नभएको भन्दै प्रश्न गरेका थियौँ। हाम्रो प्रश्नमा उनले नेपाल वायुसेवा निगम, आर्थिक प्रशासनसम्बन्धी नियमावली अनुसार नै काम भएको बताइन्। 

निगमको वेबसाइटबाट सूचना गायव

निगमले सम्झौता गर्न आउनका लागि जारी गरेको सूचना प्रकाशन गरे पनि टेन्डरको सूचना वेबसाइटमा राखेको छैन। गोरखापत्रमा प्रकाशित गरेको सूचनामा www.nepalairlines.gov.np र www.bolpatra.gov.np/e-gp मा विवरण रहेको र थप जानकारीका लागि सम्पर्क गर्न भनेर लेखिएको छ। तर उक्त सूचना नेपाल एयरलाइन्सको वेवसाइट र बोलपत्रको वेबसाइटमा पनि राखिएको छैन।

निगमको वेवसाइट जहाँ टेन्डरको सूचना नै गायव

information.JPG

उक्त्त सूचना  www.bolpatra.gov.np/e-gpमा पनि देखिँदैन

bol.JPG

आर्थिक घोटालाको नयाँ नमूना

निगम व्यवस्थापनले अहिले यसरी नै आर्थिक हिनामिना गरिरहेको निगम स्रोतले बतायो। निगमले पछिल्लो समय गरिरहेको हरेक टेन्डरमा आर्थिक चलखेल भइरहेको निगमकै कर्मचारी बताउँछन्। 

अहिलेको टेन्डरमा पनि ५० प्रतिशतभन्दा बढी आर्थिक हिनामिना भएको निगम स्रोतको भनाइ छ।

यस विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद कोइराला र सूचना अधिकारी टीकाराज पोखरेलसँग बारम्बार कुराकानीको प्रयास गर्दा टेलिफोन सम्पर्क हुन सकेन। 

images

प्रकाशित : सोमबार, माघ १० २०७८०१:२१

प्रतिक्रिया दिनुहोस