शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सीएनएनको सूचीमा नेपालकी आरोही पूर्णिमा श्रेष्ठ

images
आइतबार, पुस १४ २०८१
images
images
सीएनएनको सूचीमा नेपालकी आरोही पूर्णिमा श्रेष्ठ

सीएनएनले पूर्णिामले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ। सीएनएनले यो उपलब्धि केबल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको छ।

images
images

काठमाडौं- दुई हप्तामै तीनपटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ विश्वप्रसिद्ध अमेरिकी सञ्चार संस्था ‘सीएनएन’ को ‘द एक्स्ट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा परेकी छिन्। 

images
images
images

सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन्। सीएनएनले पूर्णिामले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ। सीएनएनले यो उपलब्धि केबल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको छ।

images
images

नेपालकी आरोही र फोटोपत्रकार पूर्णिमाले १२ मे, १९ मे र २५ मे मा सगरमाथा शिखर चढेको उल्लेख गर्दै उनलाई उद्धृत गरेर सीएनएनले लेखेको छ, 'मेरो शरीर थाकिसकेको थियो। म आफूलाई मूर्ख केटी जस्तो महसुस गरिरहेकी थिएँ। म बारम्बार हार मानेजस्तै महसुस गर्थें, हिमला चढ्नु चुनौतीपूर्ण थियो, शारीरिक थकान र यस्ता अभियानहरूमा लाग्ने ठूलो खर्चका कारण पनि। तर मैले सपना देखेँ र सफल भएँ। म मेरो सपनामा अडिग रहेँ।'

images
images
images

पूर्णिमा सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँगै माउन्ट धौलागिरी चढ्ने पहिलो नेपाली महिला पनि हुन्, जुन विश्वको सातौँ अग्लो हिमाल हो।

पूर्णिमाले सीएनएनको सम्मानप्रति गौरवान्वित महसुस गरेको बताएकी छिन्। सामाजिक सञ्जालमा एक सन्देश सेयर गर्दै उनले सन् २०२४ जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छिन्।

पूर्णिमाले… चढिन् हिमाल चुचुरा पूर्णिमाले… चढिन् हिमाल चुचुरा

 


प्रकाशित : आइतबार, पुस १४ २०८११६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend