शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी

images
बिहीबार , पुस ११ २०८१
images
images
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
फाइल तस्बिर

उनले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक चारदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए।

images
images

कैलाली- जिल्लाको धनगढी उपमहानगरपालिका-६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

images
images
images

बीस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका हुन्। उनले सबै खर्च कटाएर तरकारी खेतीबाट वार्षिक चारदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए।

images
images

रानाले भने, 'तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन। सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनु परेको छैन। आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ।' उनले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताए।

images
images
images

रानाका अनुसार बिक्री कम हुँदा दैनिक एक हजार पाँचसय रूपैयाँसम्म र बढीमा दुई हजार रूपैयाँसम्म आम्दानी भइरहेको छ। उनले भने, 'तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ। स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्य आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मान्यता जग्गा बाँझो राख्नु हुँदैन भन्ने हो।' मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उनको भनाइ छ।

सोही ठाउँका बन्धु रानाले पनि तरकारी खेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताए। आठ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका बन्धुले सबै खर्च कटाएर वार्षिक तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए। 

उनले भने, 'तरकारीखेतीबाट घरखर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरुसँग ऋण माग्नु पर्दैन। दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ। दैनिक एक हजारदेखि एक हजार पाँचसय रूपैयाँसम्म तरकारी बिक्री हुन्छ।'

भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए। 'स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नु पर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्', उनले भने। समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उनको भनाइ छ।

पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ। तरकारी खेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन्। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend