शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

जाडोमा भक्का बेचेर खर्च जुटाउँदै महिला

images
बुधबार, पुस १० २०८१
images
images
जाडोमा भक्का बेचेर खर्च जुटाउँदै महिला

जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन्। जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ।

images
images

काठमाडौं- जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन्। जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ। 

images
images
images

धरान उपमहानगर-१० का दिया राजधामी हरेक दिन बिहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन्। उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो। कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट  घरखर्च जुटाउने गरेको उनले सुनाइन्। 

images
images

उनले भक्का प्रतिगोटा २० रुपैयाँका दरले बिक्री गर्छिन्। उनले भनिन्, 'भक्का बिक्रीबाट दैनिक  तीन हजार पाँचसय रुपैयाँसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ।'

images
images
images

उनले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छिन्। उनका अनुसार स्थानीयहरु मर्निङ वाकदेखि नै भक्का खान झम्मिन्छन्।

धरान उपमहानगर-१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाउँछन्। 'भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ।'

धरान उपमहानगर-१३ का विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताइन्। उनले भनिन्, 'जाडो सुरु भएपछि भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान-१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ।'

चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ। भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ। अहिलो एक भारी दाउराकै दुई सय रुपैयाँ पर्ने गरेको उनको भनाइ छ। एक भारी दाउराले १० दिन पुग्छ। सुरुका वर्षमा भक्का प्रतिगोटा ५ रुपैयाँ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य २० रुपैयाँ पुगेको उनले सुनाइन्।

उनका अनुसार दैनिक औसतमा  चार हजार रुपैयाँको भक्का र आलुचप बिक्री भइरहेको छ। जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उनको भनाइ छ। 

धरान उपमहानगर-१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाउछिन्। उनले भनिन, 'जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ।' उनका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ। रासस


प्रकाशित : बुधबार, पुस १० २०८१०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend