शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

रानी-धरान सडक कालोपत्र हुने, तीन करोड ८२ लाखमा ठेक्का सम्झौता

images
मंगलबार, पुस ९ २०८१
images
images
रानी-धरान सडक कालोपत्र हुने, तीन करोड ८२ लाखमा ठेक्का सम्झौता

सडकमा हाल ग्राभेलको काम भइरहेको छ। ठेक्का सम्झौताअनुसार पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्र हुनेछ।

images
images

विराटनगर- विराटनगर महानगरपालिकाले विराटनगर-४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं १३ को रानी-धरान सडकलाई कालोपत्र गर्ने भएको छ।

images
images
images

नहरको डिल हुँदै निर्मित उक्त सडक करिब चार करोड रूपैयाँको लागतमा कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको थियो। उक्त बोलपत्र अनुसार ऐसी-सीसी र एलसी जेभीले तीन करोड ८२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिसकेका छन्।

images
images

महानगरले सो सडकका लागि आवश्यक बजेट आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रमुख नागेश कोइरालाले जानकारी दिए।

images
images
images

सो सडक निर्माणपछि धरान-विराटनगर सडकमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए कम हुने प्रमुख कोइरालाको भनाइ छ।

गत भदौ ६ गते ठेक्का सम्झौता भएको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ। ठेक्का सम्झौताअनुसार पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्र हुनेछ। 

यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्र भइसकेको छ। आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend