शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

संविधान संशोधन गर्न चाँडै कार्यदल बनाउँछौँ : गृहमन्त्री लेखक

images
मंगलबार, पुस ९ २०८१
images
images
संविधान संशोधन गर्न चाँडै कार्यदल बनाउँछौँ : गृहमन्त्री लेखक

संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले जानकारी दिए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन्। संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले बताए।

images
images
images

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए। संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले जानकारी दिए।

images
images

'पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ। त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौँ', गृहमन्त्री लेखकले भने, 'त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ। यसका लागि केही समय लाग्छ।'

images
images
images

समावेशीतालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend