शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

images
मंगलबार, पुस ९ २०८१
images
images
झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिता बोकेका घर लोप हुँदै गएका छन्। झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन।

images
images

ताप्लेजुङ- जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन्। पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए। पछिल्लो समय  झिँगटीले छाएका घर देखिन छाडेका छन्।

images
images
images

सिदिङवा गाउँपालिका-४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुगे। गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उनले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्थे। अहिले उनका सहकर्मी कालिगड सबैको निधन भइसक्यो।

images
images

गाउँमा झिँगटीको छाना लगनाउने उनीमात्र छन्। तर उनी अहिले अन्यको साहारामा बाँच्नुपरेको छ। गाउँमा उनले नै बनाएको झिँगटीको घरसमेत चुहिन थालेका छन्। धेरैले त भत्काएर अर्को घर बनाएका छन्।

images
images
images

सोही गाउँका मदन बरालको बुबाले २००४ साल अर्थात् ७७ वर्ष अगाडि झिँगटी छानो भएको घर निर्माण गरेका थिए। लामो समयपछि छानोबाट पानी चुइन थाल्यो। घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने हुन थाल्यो। तर मदनको बुबाले बनाएको घर भत्काउन मनले मानेन। संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपालले छोपेर राखे।

त्यो दीर्घकालीनका लागि नभएपछि बराल झिँगटीको छाना लगाउने कालिगड खोजी कार्यमा लागे। अन्तिममा कालिगड नपाएपछि घर भत्काउनुबाहेक अन्य विकल्प उनीसँग रहेन। आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्काउन मन नभए पनि घर भत्काएर अहिले अर्कै नयाँ घर बनाइएको छ। विसं २००३ अगाडि ताप्लेजुङमा प्रायः झिँगटीको घर बनेको स्थानीयको भनाइ छ।

पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएको छ। बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल-ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई संकटमा पार्दै लगेको छ।

सिदिङवा गाउँपालिका-४ का दिलकुमार ताम्लिङ काठमाडौं बसाइँ सरे। तर उनका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आएका छन्। अहिले यस गाउँमा झिँगटीको घर भनेकै उनकै घरमात्र बाँकी छ।

आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो। त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घर देख्न पाइन्थ्यो। यस्ता संरचनालाई मात्र होइन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्दथ्यो।

यो वास्तुकला शैलीको संरक्षण गरिनुपर्नेमा अधिकांश स्थानीय सहमत भए पनि बदलिँदो समयका कारण उनीहरूले झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका-५ लक्षुमन राईले बताए।

उनका अनुसार पछिल्लो समयमा  गाउँमा झिँगटी छानाका ठाउँमा आरसिसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ। स्थानीयवासी घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन्। यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पुर्‍याइरहेको छ।

ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिता बोकेका घर लोप हुँदै गएका छन्। झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन।

कला, सीप र स्थानीय परम्परा नै लोप हुँदै गएको छ। झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए। स्थानीय बासिन्दाले पुराना झिँगटी घरको संरक्षण र संवर्द्धन आवश्यक देखेका छन्। तर संरक्षणका लागि आवश्यक जनशक्ति अभाव तथा सहयोग नपाउँदा धेरै पुराना घर विस्तारै हराउँदै गएका छन्। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend