शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वीरगञ्ज नाकाबाट चारपांग्रे सवारीको आयात घट्यो, ५ महिनामा ९२ करोड रुपैयाँबराबरको आयात

images
मंगलबार, पुस ९ २०८१
images
images
वीरगञ्ज नाकाबाट चारपांग्रे सवारीको आयात घट्यो, ५ महिनामा ९२ करोड रुपैयाँबराबरको आयात

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड ३ लाख ३६ हजार मूल्य पर्ने ४ सय ८२ जीप, कार र भ्यान आयात भएका छन्।

images
images

पर्सा- वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ।

images
images
images

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड ३ लाख ३६ हजार मूल्य पर्ने ४ सय ८२ जीप, कार र भ्यान आयात भएका छन्।

images
images

गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो। जब कि गत आवको सोही अवधिमा भने एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले दुई अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो। 

images
images
images

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपाङ्गे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ।

चालु आवको पाँच महिनामा यो नाका हुँदै १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९ दशमलव ०७ प्रतिशत र राजस्व स‌ंकलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ।

गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने दुई सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८१०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend