शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सिरहा भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, पाँच महिनामा उठायो पाँच करोड

images
सोमबार, पुस ८ २०८१
images
images
सिरहा भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, पाँच महिनामा उठायो पाँच करोड

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा दुई करोड ७७ लाख ४७ हजार रूपैयाँ राजस्व वृद्धि भएको छ।

images
images

सिरहा- सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ। सो अवधिमा कार्यालयले पाँच करोड पाँच लाख ४० हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा चार करोड ८८ लाख ५२ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको हो।

images
images

कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ९७ लाख ९५ हजार, भदौमा एक करोड सात लाख ७२ हजार, असोजमा एक करोड दुई लाख ७६ हजार, कात्तिकमा एक करोड चार लाख १७ हजार र मङ्सिरमा ९२ लाख ८० हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा दुई करोड ७७ लाख ४७ हजार रूपैयाँ राजस्व वृद्धि भएको छ।

कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा दुई करोड ३८ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य १२ करोड १२ लाख ९२ हजार रूपैयाँ रहेको छ।

सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार कार्यालय रहेका छन्। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend