शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढी नेपालीले लिए सेवा

images
सोमबार, पुस ८ २०८१
images
images
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढी नेपालीले लिए सेवा
फाइल तस्बिर

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ।

images
images

लिस्बन- पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन्। फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ।

images
images
images

घुम्ती सेवाबाट दुई हजार चारसय ५१ वटा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ। शिविरबाट ६ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।

images
images

शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् एक करोड नौ लाख ११ हजार नौसय रूपैयाँ राजस्व संकलन भएको राजदूत भट्टराईले बताए। राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका पोर्चुगलवासी नेपालीको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए।

images
images
images

'दूतावासको साधन र स्रोतले भ्याएसम्म पोर्चुगलवासी नेपालीलाई विशेष प्राथमिकता दिएर सेवा दिन प्रयत्नशील छौँ', राजदूत भट्टराईले  भने, 'यस वर्ष २०२४ मा मात्रै पोर्चुगलमा चारपटक घुम्ती शिविर सञ्चालन गर्‍यौँ। पेरिसबाटै पनि छिटोछरितो सेवा दिन लागिपरेका छौँ।' आगामी दिनमा पनि आवश्यकताअनुसार पोर्चुगलमा टोली खटाएर सेवा प्रवाह गरिने उनले बताए।

दश दिनसम्म सञ्चालन भएको शिविरबाट राहदानी वितरण र कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरिएको थियो। घुम्ती सेवामा दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, तृतीय सचिव दिपेन्द्रप्रसाद साह र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए। टोलीले डिसेम्बर १२ देखि २१ तारिखसम्म लिस्बनबाट कन्सुलर सेवा प्रदान गरेको थियो।

घुम्ती सेवालाई यहाँ क्रियाशील नेपाली संघ संस्थाले समन्वय र सहजीकरण गरेका थिए। घुम्ती शिविरमार्फत लिस्बनबाटै सेवा पाउँदा राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend