बाँके- जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको छ।
हलवाईले नेपालगञ्ज उपमहानगरपालिका-१९ स्थित मोहनपुर ईँट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ करोड रूपैयाँ ठगी गरेको उजुरी परेको थियो।
पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बसपार्कबाट शुक्रबार पक्राउ गरेको हो।
उनीउपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिइ यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।