काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी इजरायल र मलेसिया पठाइदिन्छु भन्दै पाँचजना पीडितबाट ३६ लाख रूपैयाँ ठगी गर्ने दुई जना पक्राउ गरेका छन्।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भइ काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भइ काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन्।
पक्राउमध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै चारजना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ र युवकले मलेसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरील किशानलाई काठमाडौं टेकुबाट शुक्रबार र युवकलाई काठमाडौं रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।