बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

बेलढुंगा-पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो

images
सोमबार, पुस ८ २०८१
images
images
बेलढुंगा-पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
फाइल तस्बिर

अहिलेसम्म कच्ची र पक्की गरेर जम्मा दुई किलोमिटर साइकल लेन निर्माण भइसके पनि बजेट अभावले काम रोकिएको छ।

images
images

बागलुङ- समुद्री सहतदेखि दुई हजार पाँचसय मिटरको उचाइमा निर्माणाधीन साइकल लेन बजेट अभावले अधुरै रहेको छ।

images
images
images

जंगलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो। बागलुङको पर्यटकीय क्षेत्र बेलढुंगालाई पञ्चकोटसँग जोड्नका लागि २०७७ सालमा साइकल लेनको अवधारणा ल्याइएको थियो।

images

सुरुको दुई वर्ष साइकल लेन बनाउन बजेट समेत गण्डकी प्रदेशले विनियोजन गरेको थियो। अहिलेसम्म कच्ची र पक्की गरेर जम्मा दुई किलोमिटर साइकल लेन निर्माण भइसके पनि बजेट अभावले काम रोकिएको छ।

images
images
images

कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुंगा एकाएक चर्चामा आएको छ। उक्त गन्तव्यलाई नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको पञ्चकोटसँग जोड्नका लागि नौ किमि साइकल लेन बनाउने र साहसिक पर्यटकलाई जंगलको बाटो पञ्चकोट हुँदै बेलढुंगा पुर्‍याउने लक्ष्यका साथ निर्माण थालिएको साइकल लेन तीन वर्षयता अघि बढ्न नसकेको काठेखोला गाउँपालिका-३ स्थित बेलढुंगा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले जानकारी दिए।

'दुई चर्चित पर्यटकीय गन्तव्य बेलढुंगा र पञ्चकोट जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार पाँचसय मिटरको उचाइमा साइकल लेन निर्माण गर्न गण्डकी प्रदेश सरकारले २०७७ साल र २०७८ सालमा ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो, उक्त बजेटबाट बेलढुंगामा पर्यटकीय पूर्वाधारसहित दुई किमि साइकल लेन निर्माण गरिएको थियो', श्रीसले भने, 'दुई किमि साइकल लेनमध्ये चार सय मिटर साइकल लेन पक्की बनाइएको छ भने दुई सय मिटरमा स्लेट ढुंगा छापेर चिटिक्क बनाइएको छ, तीन वर्षयता साइकल लेन बनाउन  कसैको नजर परेको छैन।'

बागलुङ-६ पञ्चकोट र काठेखोला -३ धम्जाको बेलढुंगा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरे पनि दुई किमिमै रोकिएको हो। बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुंगा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुंगा पुग्नका लागि साइकल लेन निर्माण थालिएको थियो।

बागलुङ नगरपालिका-६ स्थित पाँच कोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धौलागिरि हुँदै बेलढुंगासम्मको पदमार्ग पहिचान गरी साइकल लेन बनाउने अवधारणा ल्याइएको थियो। साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत पुग्न सक्ने गरी पञ्चकोटलाई बेलढुंगा जोड्ने अभियानमा ठेस पुगेको श्रीसको भनाइ छ।

बेलढुंगाबाट पञ्चकोटसम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुंगाबाट पञ्चकोटतर्फ साइकल लेन निर्माण थालिएको थियो। साइकल लेन पूरा गर्न दुई करोड रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। सडक सञ्जालले पर्यटकीय पदमार्ग मासेको समयमा पैदलयात्री र साइकल चलाउन मिल्ने गरी निर्माण थालिएको पदमार्गले गति लिन नसकेको हो।

बेलढुंगा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्गमार्फत चार घण्टामै बेलढुंगा आउने गरी चार फिट चौडा साइकल लेन निर्माण थालिएको थियो।

ढुंगामाथि बेल आकारको ढुंगाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड देखिने बलढुंगा पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्य बनेपछि पाँच वर्षअघि धम्जाको ओख्लेमा सामुदायिक घरबास सञ्चालनमा आएको छ। साउनयता दुईसय ५० जना पर्यटक घरबासमा आइसकेका छन्।

बेलढुंगामा आउने पर्यटकलाई लक्षित यही वर्षबाट देउरालीमा घरबास सञ्चालनमा ल्याइएको स्थानीय हिमाल सागर श्रेष्ठले बताए। पूर्वाधार निर्माणमा सहयोग आए बलेढुंगामा आन्तरिक पर्यटक उल्लेख्य भित्रन सक्ने उनको भनाइ छ।

बेलढुंगाको पर्यटकीय पूर्वाधार निर्माणमा पालिकाले सहयोग गर्दै आएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले जानकारी दिए। उनले साइकल लेन बनाउने बजेट प्रदेश र संघीय सरकारबाट ल्याउन पालिकाले पहल गरिरहेको बताए। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend