मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

५४९ ग्राम सुनसहित धनगढीबाट दुईजना पक्राउ

images
आइतबार, पुस ७ २०८१
images
images
५४९ ग्राम सुनसहित धनगढीबाट दुईजना पक्राउ

भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

images
images

कैलाली- ५ सय ४९ ग्राम २ सय मिलिग्राम सुनसहित दुईजना भारतीय पक्राउ परेका छन्।

images
images
images

भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई सुनका टुक्रा २ थानसहित आइतबार बिहान धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

images
images

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यूपी ३२ जेभि ९२०० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी कार चालक दिपक र कारमा सवार सुमितलाई पक्राउ गरेको हो।

images
images
images

प्रहरीले उनीहरूको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान, ४४ हजार ८ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ८० भारतीय रूपैयाँ समेत बरामद गरेको छ।

यसबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : आइतबार, पुस ७ २०८११८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend