शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

काठमाडौंमा आजदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन

images
आइतबार, पुस ७ २०८१
images
images
काठमाडौंमा आजदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन

सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत हुने विभागले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौंमा आजदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन २०२४ सुरु भएको छ।

images
images
images

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा विभागको क्यामेरा भवन बल्खुमा दुई दिने सम्मेलन सुरु भएको हो।

images
images

सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत हुने विभागले जनाएको छ।

images
images
images

विभागका प्रमुख डा कुन्दन अर्यालले पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए।

सम्मेलनमा भारत, बंगलादेश र श्रीलंकाका विज्ञहरूको प्रस्तुति रहेको छ। प्राध्यापक पी खरेलको ‘बहुच्यालन र दर्शकको खण्डीकरण’ विषयमा विशेष प्रस्तुति रहेको छ।

यस सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरूबीच छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम छ। 


प्रकाशित : आइतबार, पुस ७ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend