बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

थोरै संख्यामा पशु पालेरै मासिक एक लाखभन्दा बढी आम्दानी गर्छन् बागलुङका मुकुन्द ढकाल

images
आइतबार, पुस ७ २०८१
images
images
थोरै संख्यामा पशु पालेरै मासिक एक लाखभन्दा बढी आम्दानी गर्छन् बागलुङका मुकुन्द ढकाल

मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भएको छ। दैनिक ६० लिटर दूध उत्पादन हुन्छ।

images
images

गलकोट- यहाँको बागलुङ नगरपालिका-१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भएको छ।

images
images

सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने। बागलुङ दुग्ध उत्पादक सहकारी संघसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन्।

images
images

उनको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन्। दैनिक ६० लिटर दूध उत्पादन हुन्छ। उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन्। ढकालको फार्ममा हुर्कँदै गरेका चारवटा पाडी छन्।

images
images

दूध बेचेर मासिक एक लाख ३० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेको उनले बताए। गत वर्ष मात्र १७ लाख रूपैयाँभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए। दूधमात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ। प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेका छन्। राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन्। प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ।

पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएकी छिन्। परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि  व्यावसायिक पशुपालन सम्भव भएको उनी बताउँछन्। रासस


प्रकाशित : आइतबार, पुस ७ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend