शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दुनै-लासिक्याप सडक ट्रयाक निर्माणमा तिव्रता

images
आइतबार, पुस ७ २०८१
images
images
दुनै-लासिक्याप सडक ट्रयाक निर्माणमा तिव्रता

हाल २५ किलोमिटर सडकखण्डभित्र ट्रयाक निर्माण तीव्र बनाएको आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए।

images
images

सुर्खेत- डोल्पा सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाको मरिमसम्मको एकसय किलोमिटर सडकमध्ये २५ किलोमिटर खण्डको ट्रयाक निर्माण सुरु भएको छ।

images
images
images

भेरी करिडोर सडक आयोजनाअन्तर्गत सदरमुकाम दुनैसम्म यातायात सञ्चालन भए पनि सोभन्दा माथिल्लो भेगमा सडक सुविधा छैन।

images
images

दुनै-लासिक्याप सडक निर्माण सुरु भएसँगै सो भन्दा माथिल्लो भेगमा नेपाली सेनाले काम गर्ने छ। हाल २५ किलोमिटर सडकखण्डभित्र ट्रयाक निर्माण तीव्र बनाएको आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए।

images
images
images

लासिक्याप-मरिमको लम्बाइ ७५ किलोमिटर छ। उक्त ठाउँमा नेपाली सेनाले ४० किलोमिटर ट्रयाक निर्माण पहिले गरिसकेको आयोजना प्रमुख रञ्जितकारले बताए। दुनैबाट लासिक्याप २५ किलोमिटर छभने लासिक्यापबाट मरिम ७५ किलोमिटर छ।

२०८२ पुस १६ गते निर्माण पूरा गर्ने गरी सडक निर्माणको जिम्मेवारी सूर्य-श्रेया-शान्ति देवी जेभी काठमाडौंले २०७८ चैत १७ गते १३ करोड ४२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहनमा सजिलो हुने भएकाले छिन्चु-जाजरकोट-डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ। यो करिडोर सम्पन्न भएमा सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ।

सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट-डोल्पा सडक विसं २०६५ मा निर्माण सुरु गरेको थियो  ट्रयाक खुलेसँगै सेनाले उक्त एकसय १८ किलोमिटर सडक २०७६ सालमा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। दुनैबाट मरिम नाकासम्मको एकसय किलोमिटरमध्ये नेपालतर्फको ४० किलोमिटर सडक निर्माण भइसकेको छ। दुनैबाट धोसम्म सडक बन्न बाँकी छ।

जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा छ। माथिल्लो डोल्पाका तीन गाउँपालिकाका जनताले नेपालतर्फ सडक सुविधा नहुँदा अझै सरकारी कामकाजका लागि सदरमुकाम दुनै आउन एक साता पैदल हिँड्नुपर्ने बाध्यता छ।

सडक निर्माणमा ढिलाइ भएको काइके गाउँपालिकाका अध्यक्ष अङ्कद रानाले गुनासो गरे। निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या हुने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, पुस ७ २०८११०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend