आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पानीको निकासका लागि नालीसहितको सडक बनेपछि स्थानीय हर्षित

images
शनिबार, पुस ६ २०८१
images
पानीको निकासका लागि नालीसहितको सडक बनेपछि स्थानीय हर्षित

वडाले तीन लाख रूपैयाँ बजेटमा कचेलीदेखि लामिडाँडासम्म तीन सय ३५ मिटर नाला निर्माण गरेको छ।

images
images

दाङ- केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका-१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो। वर्षौँदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन्। पानीको निकासका लागि नालीसहितको सडक बनेपछि समस्या समाधान भएको हो।

images
images
images

अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ। 'वर्षामा घरभित्रै पानी आउथ्यो, पटक-पटक वडालाई भने, यसपटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन', विकले भने।

images
images

वडाले तीन लाख रूपैयाँ बजेटमा कचेलीदेखि लामिडाँडासम्म तीन सय ३५ मिटर नाला निर्माण गरेको छ।

images
images

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१२ क्वाङी विगतको वर्षादमा डुबानमा पर्थ्यो। गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गर्थ्यो।  यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए। 'पहिले वर्षा भयो की डुबानमा पर्थ्यो। अब निकासका लागि पनफकुवा नाला निर्माण भइसकेकाले त्यो समस्या हटेको छ।' 

तुलसीपुर उपमहानगरपालिका-१२ ले चालु आर्थिक वर्षमा तीन लाख रूपैयाँ बजेटमा यहाँ ७५ मिटर लामो नाला निर्माण गरिएको छ। वडाध्यक्ष खुसीराम चौधरीले सानो बजेटले ठूलो उपलब्धि गर्ने नीतिअनुसार समस्या समाधानका लागि काम भएको बताए।

'जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, ससाना समस्या हल गर्‍यौँ भने पनि त्यसले राम्रो प्रभाव पार्छ', उनले भने, 'तीन लाख बजेटले मात्रै हामीले स्थानीयलाई खुसी दिन सकेका छौँ।' 

गाउँ नै डुबानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गर्न सहजीकरण गरेको चौधरीले बताए। रासस 


प्रकाशित : शनिबार, पुस ६ २०८११६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend