आइतबार, वैशाख १४ गते २०८२    
आइतबार, वैशाख १४ २०८२
images
images

पर्यटकीय गतिविधि थप चलायमान बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा मन्त्री पाण्डेको जोड

images
शनिबार, पुस ६ २०८१
images
पर्यटकीय गतिविधि थप चलायमान बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा मन्त्री पाण्डेको जोड

'आन्तरिक पर्यटन जति धेरै चलायमान हुन्छ, त्यति पर्यटकीय महत्व बढ्छ, त्यसलै हामीले आन्तरिक पर्यटनलाई पनि जोड दिनु आवश्यक छ।'

images
images

काभ्रेपलाञ्चोक- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन्।

images
images
images

आज काभ्रेपलाञ्चोकको पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रममा उनले भने, 'आन्तरिक पर्यटन जति धेरै चलायमान हुन्छ, त्यति पर्यटकीय महत्व बढ्छ, त्यसलै हामीले आन्तरिक पर्यटनलाई पनि जोड दिनु आवश्यक छ।'

images
images

उनले छिमेकी देश समृद्ध हुँदा पनि त्यसको फाइदा नेपालको पर्यटन क्षेत्रलाई हुने धारणा राखे। 'छिमेकी मुलुक भारत र चीनलगायतका देश समृद्धिको दिशामा अगाडि बढेका छन्, यो हाम्रो लागि पनि राम्रो विषय हो', उनले भने।

images
images

विभिन्न जाति, चाडपर्व, भेषभूषा, खानपानका हिसावले विविधतापूर्ण नेपालमा पर्यटननै विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख माध्यम भएको उनको भनाइ थियो। उनले विश्व सम्पदामा सूचीकृतका पहल गरिरहेको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीलाई सूचीकृतयोग्य बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए।

त्यस अवसरमा मन्त्री पाण्डेले पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका जात्रा पर्वहरु-३’ नामक पुस्तकको लोकार्पण गरे। साथै स्थानीय पे्रमबहादुर महाजू, महेश कर्माचार्य र इन्द्रकुमारी खड्कालाई मन्त्री पाण्डेले ‘प्रजातान्त्रिक योद्धा’का रुपमा सम्मान गरे। 

आजै मन्त्री पाण्डे काभ्रेली महिला सक्रिय समाजद्वारा आयोजित तीनसय हप्तामा प्रवेश पनौती त्रिवेणी सरसफाई नागरिक अभियानमा सहभागी भएका थिए।

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाई र मधुप्रसाद आचार्य, कांगे्रसका जिल्ला सभापति तिर्थ लामा, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीलगायतले विश्व सम्पदामा सूचीकृतको पहल भइरहेको पनौतीलाई लागि आ-आफ्ना क्षेत्रबाट योगदान पुर्‍याउन आग्रह गरेका थिए। रासस


प्रकाशित : शनिबार, पुस ६ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend