शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

images
शनिबार, पुस ६ २०८१
images
images
हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१/८२ को पाँच महिनामा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

बागमती- हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ।

images
images
images

हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१/८२ का लागि विनियोजित बजेटमा १९ करोड ९७ लाख रूपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाको गत असार १० गतेको नगरसभाले चालु आव २०८१/८२ का लागि दुई अर्ब ५२ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।

images
images

चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी बजेटमा वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।

images
images
images

विभिन्न विषयगत समितिबाट पेस भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सबारी इन्धन तथा मर्मत, कायौलय सञ्चालन तथा प्रशासनिक खर्च, ईसीडी शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वहुवर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए। नदीजन्य पदार्थको उत्खन्न तथा बिक्री वितरण, आन्तरिक राजस्व स्रोत तथा संघ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ। 

हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ। यस्तै सो अवधिमा चालु आव २०८१/८२ को कुल बजेटमध्ये २१ दशमलव १२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : शनिबार, पुस ६ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend