शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

एक करोड २० लाख रूपैयाँ लागतमा बर्दिबासमा फोहर प्रशोधन केन्द्र सञ्चालन

images
शनिबार, पुस ६ २०८१
images
images
एक करोड २० लाख रूपैयाँ लागतमा बर्दिबासमा फोहर प्रशोधन केन्द्र सञ्चालन
फाइल तस्बिर

बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंबीच भएको सहमतिबाट यो केन्द्र सञ्चालनमा आएको हो।

images
images

महोत्तरी- मधेस प्रदेशमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा आएको छ। महोत्तरीको बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंको सहकार्यमा बर्दिबास-८ मा निर्मित फोहरमैला प्रशोधन केन्द्र शुक्रबार सञ्चालन भएको हो। प्रारम्भिक लागत एक करोड २० लाख रूपैयाँको खर्चमा निर्मित केन्द्र मधेसकै पहिलो भएको केन्द्रका प्रबन्ध निर्देशक सुरेन्द्र साहको भनाइ छ।

images
images
images

बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंबीच भएको सहमतिबाट यो केन्द्र सञ्चालनमा आएको हो। साझेदार कम्पनी हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंले २० वर्षको अवधि प्रशोधन केन्द्र सञ्चालनको सहमति नगरपालिकाबाट पाएको छ। यस अवधिमा फोहर संकलन, व्यवस्थापन, प्रशोधनबाट हुने आम्दानीबाट १२ प्रतिशत नगरपालिकाले प्राप्त गर्ने सम्झौता रहेको दुवै पक्षले पुष्टि गरेका छन्।

images
images

सञ्चालनमा आएको केन्द्रले शुक्रबारदेखि नै नगरक्षेत्रबाट संकलित फोहर प्रशोधन गर्न थालेको छ। अहिले फोहर प्रशोधन गरेर खरानी बनाइने इन्सिनिटर मेसिनमात्र जडान छ। अब केही महिनाभित्रै थप मेसिन जडान गरेर मल बनाउन थालिने केन्द्रका प्रबन्ध निर्देशक साहले स्पष्ट पारे। 'हामीले नगरक्षेत्रबाट संकलित फोहर इन्सिनिटर मेसिनमा पेल्न थाल्यौँ, यसबाट जम्मा हुने खरानीबाट अब केही महिनाभित्रै उर्बर मल बनाउने कार्य सुरू हुन्छ', प्रबन्ध निर्देशक साह भन्छन्, 'यो फोहरमैला व्यवस्थापनमा मधेस प्रदेशकै पहिलो प्रयत्न हो।'

images
images
images

यो केन्द्रले अब अहिलेसम्म बर्दिबास नगरक्षेत्रका घरघरबाट र चोक बजार क्षेत्रबाट संकलन हुने फोहर नियमित पेलेर खरानी बनाउने छ। केन्द्रमा जडित इन्सिनेटर मेसिन दैनिक छ टन फोहर पेल्ने क्षमताको रहेको प्रबन्ध निर्देशक साहको भनाइ छ। अहिले बर्दिबास नगरक्षेत्रमा चार टन फोहर दैनिक संकलन हुँदै आएको छ।

प्रशोधन केन्द्र सञ्चालनले नगर क्षेत्रको फोहर व्यवस्थापन हुनसँगै यसबाट आम्दानी हुन थाल्ने बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउँछन्। केन्द्र सञ्चालनका लागि नगरपालिकाले तीन बिघा पर्ति जग्गा उपलब्ध गराएको छ।

मल बेचेर प्राप्त हुने रकम  र फोहर व्यवस्थापनका लागि घरघरै स्थानीय बासिन्दाबाट प्राप्त हुने शुल्क केन्द्रको आम्दानीको आधार हो। हाल नगरका तीन वटा वडा बस्तीबाट फोहर व्यवस्थापनबापत घरघरबाट गरी तीन लाख मासिक आम्दानी भइरहेको केन्द्रले जनाएको छ। अब नगरका १४ वटै वडा बस्तीमा फोहर संकलन कार्य बढाइने साहले बताए।

केन्द्र सञ्चालनमा आएपछि अब फोहर कहाँ लाने? कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता नरहने नगरप्रमुख क्षेत्री बताउँछन्। यता केन्द्रले मल बनाउने मेसिनहरू खरिद भइसकेको जनाएको छ। 'मल बनाउने मेसिन खरिद भइसकेको छ, अब ती मेसिन जडान गर्न र सञ्चालन गर्न बढीमा छ महिना लाग्नसक्छ', प्रबन्ध निर्देशक साह भन्छन्।

मधेस प्रदेशमै पहिलो सञ्चालन भएको यो केन्द्रमा अहिले फोहर पेलेको हेर्न सर्वसाधारणको धुइरो लागेको छ। यो केन्द्रको सञ्चालनले मधेसमा फोहर व्यवस्थापनमा देखिँदै व्यहोरिँदै आइएको समस्या समाधानमा नयाँ उपलब्धि हासिल भएको यहाँका बुद्धिजीवी बताउँछन्।

यो फोहरबाट मोहर बनाउने कार्यको मधेसका अन्य नगरले अनुसरण गर्नसके फोहर व्यवस्थापनमा व्यहोरिँदै आइएको समस्या समाधान हुने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बतायँछन्। रासस


प्रकाशित : शनिबार, पुस ६ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend