शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

जेठोबुढो धान र कागुनोसहित पोखरामा जोगाइँदै रैथाने बाली, किसानलाई ५० प्रतिशतसम्म अनुदान

images
शनिबार, पुस ६ २०८१
images
images
जेठोबुढो धान र कागुनोसहित पोखरामा जोगाइँदै रैथाने बाली, किसानलाई ५० प्रतिशतसम्म अनुदान

महाशाखा प्रमुख मनोहर कडरियाले रैथाने बालीको खेती गर्ने किसानलाई बीउ वितरण, जग्गा तयारीलगायतमा ५० प्रतिशतसम्म अनुदान दिइएको बताए। विशेष गरी महानगरभित्रका ग्रामीण वडाका किसान रैथाने खेतीतिर आकर्षित भएको उनको भनाइ छ।

images
images

गण्डकी- रैथाने बाली संरक्षणका लागि पोखरा महानगरपालिकाले किसान लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ। उन्नत र वर्णशंकर जातका खाद्य बालीको व्यापक विस्तार भइरहेका बेला रैथाने बाली जोगाउन महानगर लागि परेको हो।

images
images
images

पोखराको पहिचान बोकेको जेठोबुढो धानसहित कोदो, फापर, कागुनो, उवालगायत रैथानी बालीको संरक्षण तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ।

images
images

महाशाखा प्रमुख मनोहर कडरियाले रैथाने बालीको खेती गर्ने किसानलाई बीउ वितरण, जग्गा तयारीलगायतमा ५० प्रतिशतसम्म अनुदान दिइएको बताए। विशेष गरी महानगरभित्रका ग्रामीण वडाका किसान रैथाने खेतीतिर आकर्षित भएको उनको भनाइ छ।

images
images
images

'पछिल्लो समय रैथाने बालीको माग पनि बढ्दो छ, स्वस्थ र पोषणयुक्त हुने भएकाले सहरिया उपभोक्तामाझ पनि पुरानो खाद्यबाली लोकप्रिय छ', महाशाखा प्रमुख कडरियाले भने, 'रैथाने जातका बाली लोप हुने अवस्था देखेपछि महानगरले संरक्षणको कार्यक्रम ल्याएको हो।' किसानलाई रैथाने बालीबाट विभिन्न परिकार बनाउने तालिमसमेत प्रदान गरिएको उनले बताए।

परम्परागत जातका खाद्यबाली सुक्खा ठाउँमा पनि हुने भएकाले पछिल्लो समय गाउँघरमा बढिरहेको जग्गा बाँझिने क्रमलाई घटाउन उक्त कार्यक्रमबाट मद्दत पुग्ने विश्वास लिइएको महाशाखा प्रमुख कडरियाले बताए। गोरु पाल्ने किसानलाई पनि अनुदान दिन सुरु गरिएको उनले जानकारी दिए उनले रैथाने खेती संरक्षण र प्रवर्द्धनलाई महानगरको वार्षिक बजेट तथा कार्यक्रममा समेटिएको बताए।

रैथाने जातको खेती प्रवर्द्धनका लागि महानगरले विभिन्न मेला/महोत्सव र प्रदर्शनीमार्फत पनि किसान र उपभोक्तालाई आकर्षित गर्दै आएको छ। महानगरले उवा, कोदोलगायत बालीको न्यूनतम समर्थन मूल्य तोकेर उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउँदै आएको छ। पोखरेली जेठोबुढो धानमा बीउ अनुदानदेखि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै अएको महानगरले हालै किसानलाई बजारको सुनिश्चिता दिलाएको थियो।

महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कृषिउपज खरिदसम्बन्धी सम्झौतापछि उक्त कम्पनीले किसानबाट जेठोबुठो बुढो धान खरिद गर्ने सुरु गरेको थियो। उक्त सम्झौतामा कम्पनीले महानगर क्षेत्रका कृषकले उत्पादन गरेको जेठोबुढो धान खरिद समितिले तोकेका मूल्यमा खरिद गर्नुपर्ने व्यवस्था छ।

'किसानले बढी मुनाफा लिएर आफ्नै हिसाबले बेच्न पनि सक्नुहुन्छ, न्यूनतम समर्थन मूल्यमा खाद्य कम्पनीलाई बेच्न चाहनुभयो भने कम्पनीले जुनसुकै बेला पनि खरिद गर्छ', महाशाखा प्रमुख कडरियाले भने। उक्त धानको न्यूनतम समर्थत मूल्य प्रतिक्विन्टल रु नौ हजार पाँच सय तोकिएको छ।

महानगरपालिकाले वास्तविक किसान पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न किसानलाई उपलब्ध गराउने जनाएको छ। आउँदो असार मसान्तसम्मका लागि गरिएको उक्त सम्झौतामा जेठोबुढोसँगै आवश्यकताअनुसार अन्य स्थानीय कृषिउपज पनि किसानबाट खरिद गर्न सकिने उल्लेख छ।

किसानले आफ्नो खेतमा उत्पादन भएको धान कम्पनीको पृथ्वीचोक र बिरौटामा रहेको गोदामसम्म ढुवानी गर्नुपर्ने जनाइएको छ। उक्त सम्झौताले स्वादिष्ट र गुणकारी पोखरेली जेठोबुढो धानको पोखरा बाहिर पनि बजार प्रवर्द्धन भएको छ।

यसअघि महानगरले जेठोबुढो धानलाई प्याकेजिङ र ब्राण्डिङ गरी बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको थियो। महानगरले जेठोबुढोसहित अन्य ३५ प्रकारका कृषिउपजको समर्थन मूल्य तोकेर महानगरभित्रका किसानलाई न्यूनतम मुनाफाको मूल्य सुनिश्चित गरेको छ। महानगरले विसं २०७६ देखि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा जेठोबुढो धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको थियो।

वार्षिक दश टनसम्म उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा जेठोबुढोको उन्नत बीउ प्रदान गर्दै आएको छ। महानगरको तथ्यांकअनुसार पोखरामा करिब ११ हजार दुईसय हेक्टर क्षेत्रफलमा धान बाली लगाउने गरिएकामा ४० प्रतिशत जति जेठोबुढोले ओगट्ने गरेको छ। रासस


प्रकाशित : शनिबार, पुस ६ २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend