शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बर्दियामा दिगो वन व्यवस्थापनका लागि नयाँ बिरुवा रोपण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ५ २०८१
images
images
बर्दियामा दिगो वन व्यवस्थापनका लागि नयाँ बिरुवा रोपण गरिँदै

बर्दियामा दुई सय ८२ वटा सामुदायिक वन रहेकामा तीमध्ये ५० हेक्टरभन्दा साना एक सय ३६ वटा, ५० देखि एक सय हेक्टरसम्मका ७४ र एक सय हेक्टरभन्दा माथि ७३ वटा सामुदायिक वन रहेका छन्।

images
images

बर्दिया- दिगो वन व्यवस्थापन तथा संवर्द्धन प्रणाली कार्यान्वय गर्न सरकारले अनुत्पादक पुराना रूख प्रतिस्थापन कार्य सुरु गरेको छ।

images
images
images

नागरिकलाई काठको आवश्यकता सहज रूपमा पूर्ति गर्ने रणनीतिका साथ वनका पुराना रूखहरु कटान तथा नयाँ बिरुवा रोपण गर्ने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ।

images
images

बर्दियाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वैज्ञानिक वन व्यवस्थापन गर्न अनुत्पादक बिरुवा काटेर नयाँ बिरुवा हुर्काइने बताए। समयमा दिगो वन व्यवस्थापन गर्न नसक्दा देशैभर बर्सेनि १५ करोड क्युफिट काठ खेर गइरहेको उनले जानकारी दिए।

images
images
images

बर्दियामा मात्र बर्सेनि चार लाख क्युफिट काठ समयमा उपयोग गर्न नसक्दा आमउपभोक्ता विकल्पमा अन्य वस्तु प्रयोग गर्न बाध्य भएको सुवेदीले बताए।

'दिगो वन व्यवस्थापन तथा संवर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरणका लागि यस वर्ष छ हजार हेक्टरमा रहेका उमेर पुगिसकेका उत्पादनविहीन रुख काट्ने योजना छ। यस क्रममा चार हजार रूखहरू विस्थापित गरी नयाँ रूख सुदृढीकरण गर्ने योजना छ', उनले भने।

संघीय वन नियमावली २०७९ को नियम १५ मा वन व्यवस्थापन गर्दा वन संवर्द्धन प्रणाली अवलम्बन गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुरूप काम अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ। कटान गरेको स्थानमा बिरुवा उमार्नका लागि पुनरुत्पादन अभिवृद्धि गर्दै हाँगाबिँगालगायत झारपात सफाइ र संरक्षण गर्ने प्रावधान छ।

यहाँ दुई सय ८२ वटा सामुदायिक वन रहेकामा तीमध्ये ५० हेक्टरभन्दा साना एक सय ३६ वटा, ५० देखि एक सय हेक्टरसम्मका ७४ र एक सय हेक्टरभन्दा माथि ७३ वटा सामुदायिक वन रहेका छन्।

२७ वटा सामुदायिक वनको कार्ययोजनाअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ बनेका छन्। जसमध्ये १६ वटा हालको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्डबमोजिम संशोधन भएका छन्भने ११ वटा सामुदायिक वन संशोधन हुन बाँकी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस ५ २०८११८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend