शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

म्याग्दीमा किबीले बजार नपाएको किसानको गुनासो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ४ २०८१
images
images
म्याग्दीमा किबीले बजार नपाएको किसानको गुनासो

३२ वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किबी भित्र्याएका थिए। व्यावसायिक खेती भएको पछिल्लो एक दशकयता हो।

images
images

म्याग्दी- धौलागिरि गाउँपालिका-७ शिवाङको धौलागिरि कृषि तथा पशुुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किबी फलेको देखेर जति खुसी छन् त्योभन्दा बढी दुःखी किबीले बजार नपाएर बनेका छन्। 

images
images
images

'सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको छ', उनले भने 'मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किबी बिक्री भयो। पुस महिनामा नटिप्ने हो भने झरेर नष्ट हुन्छ। बजार नपाएर तनावमा परेको छु', गत वर्षको तुलनामा दोब्बर बढी किबी फले पनि बिक्री गर्न समस्या भएको मगरले बताए। 

images
images

बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किबीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो। धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किबी बगैचा रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ। 

images
images
images

सानो बजार र उत्पादन धेरै भएपछि किबी बिक्री गर्न समस्या भएको बेनी नगरपालिका-३ भकिम्लीका कृषक लालबहादुर पुनले बताए। 'यहाँका उपभोक्ताहरुको किबीमा अझै बानी परिसकेको छैन', उनले भने, 'पोखरा, काठमाडौँ लैजाँदा अन्य ठाउँको किबीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन।'

करिब दुई हजार किलोग्राम किबी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम एक सय ८० रुपैयाँका दरले एक हजार पाँच सय किलोग्राम बिक्री गरिसकेको बताए। भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किबी टिपेका छैनन्। मङसिर र पुस महिना किबी टिप्ने याम हो। पुससम्म नटिपे किबी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुुने चिन्ता कृषकको छ।  

कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किबीखेती गरेका थिए। कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किबीखेतीबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो। 

केन्द्रका प्र्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किबी उत्पादन बढेको बताए । धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए।

'असी ग्रामसम्म तौल भएको किबीलाई गुुणस्तरीय मानिन्छ। उपभोक्ताले किबीको ठूूला दाना खोज्छन्', उनले भने, 'बोटमा धेरै दाना लागेकाले आकार सानो हुँदा कृषकलाई बिक्री गर्न समस्या भएको हो।'

किबीको दानाको आकार ठूूलो बनाउन बटिलामै पतलाउने, बगैँचा व्यवस्थापन, मल र पानी पर्याप्त दिन कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले सुझाव दिए। उद्योग वाणिज्य सङ्घ र फलफूल व्यापारीसँग समन्वय गरेर किबीको बजारीकरणमा पहल गरेको उनले बताए। 

३२ वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किबी भित्र्याएका थिए। व्यावसायिक खेती भएको पछिल्लो एक दशकयता हो। म्याग्दीको मध्य पहाडी क्षेत्रको भूगोल र हावापानी किबी खेतीका लागि अनुकूल मानिन्छ। 

स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किबीको विशेषता हो। लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ। समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबीखेती गर्न सकिन्छ। 

भिटामिन सि लगायत पौष्टिकतत्व पाइने किबी चिनी रोगका बिरामीहरुका लागि लाभदायक मानिन्छ। पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ। अमिलो र गुलियो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ। 

किबी चिनमा विकास भएको फलफूल हो। न्युजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ। सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय छ। निजी नर्सरीबाट तीन सयसम्ममा बिक्री हुन्छ। 

कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले म्याग्दीका कृषकलाई किबीखेतीसम्बन्धी तालिम र बिरुवा वितरण गर्दै आएका छन्। अन्य फलफूलभन्दा छिटो र खाद्यबालीको तुलनामा खेती गर्न सजिलो किबीबाट एकै रोपनीमा चार लाखसम्म आम्दानी गर्न सकिने कृषकको अनुभव छ। सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका-९ तोरीपानीका सागर बानियाले बताए। 

प्रतिआठ पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किबी एक रोपनीमा १५ वटा सम्म किबीका बिरुवा लगाउन सकिन्छ। फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतिको मुख्य चुनौती हो। रासस


प्रकाशित : बिहीबार , पुस ४ २०८१११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend