शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट, व्यापार प्रवर्द्धनबारे छलफल

images
बुधबार, पुस ३ २०८१
images
images
प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट, व्यापार प्रवर्द्धनबारे छलफल

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन्।

images
images

प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन यूएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरे।

images
images

त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो।

images
images

साथै उनीहरुबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवर्द्धनबारे पनि छलफल भएको थियो। रासस


प्रकाशित : बुधबार, पुस ३ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend