शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बागलुङको काठेखोलामा तीन करोड ६४ लाख लागतमा बन्दैछ पाँच शय्याको अस्पताल

images
बुधबार, पुस ३ २०८१
images
images
बागलुङको काठेखोलामा तीन करोड ६४ लाख लागतमा बन्दैछ पाँच शय्याको अस्पताल

रेशमा तीन करोड ६४ लाख ६५ हजार रूपैयाँको लागतमा गत वर्षदेखि पाँच शय्याको अस्पताल भवन निर्माण सुरु गरिएको थियो।

images
images

बागलुङ- संघीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ। तीन करोड ६४ लाख ६५ हजार रूपैयाँको लागतमा गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो।

images
images
images

काठेखोला- ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो। गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ। बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छ भने रेशमा पाँच शय्याको अस्पताल भवनलगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला-७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।

images
images

नागरिकलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार लैजानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल बनाइएको उनले बताए। गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था, पायक पर्ने टाढाका रहेका गाउँ नागरिकलाई लक्षित गरी रेशमा अस्पताल बनाएपछि सहज हुने छ भने तत्कालै सेवा विस्तारमा पालिकाले ध्यान दिने काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए।

images
images
images

गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल खालका उपचार पनि गाउँमै गर्ने वातावरण मिलाउनका लागि आधारभूत अस्पताल निर्माण गरिएको उनको भनाइ छ। आधारभूत अस्पतालमा मेडिकल अधिकृतसहितको सेवा दिन पालिकाले पहल गरेको अध्यक्ष थापाले बताए। रासस


प्रकाशित : बुधबार, पुस ३ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend