आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

घिनाटार-टाउनचोक सडक : लामो समयदेखि रोकिएको कालोपत्रको काम पुन: थालियो

images
मंगलबार, पुस २ २०८१
images
घिनाटार-टाउनचोक सडक : लामो समयदेखि रोकिएको कालोपत्रको काम पुन: थालियो
images
images

तनहुँ- यहाँको देवघाट गाउँपालिका-५ स्थित घिनटार-टाउनचोक-देवपुर सडक कालोपत्र सुरु भएको छ। लामो समयदेखि रोकिएको कालोपत्रको काम गत शनिबारदेखि पुनः सुरु भएको हो।

images
images
images

निर्माण सम्पन्न गर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र सुरु गरिएको देवघाट गाउँपालिकाका इञ्जिनीयर तीर्थ ढुंगानाले जानकारी दिए। काम छाडेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि गाउँपालिकाले समयमै सम्पन्न गर्न ताकेता गरेको थियो।

images
images

उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न जीएमआर कन्ट्रक्सन प्रालि चितवनले विसं २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो। प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो।

images
images

एक हजार पाँचसय मिटर लम्बाइ र नालीसहित ११ मिटर चौडाइको उक्त सडक विसं २०८० पुस २१ गतेसम्म सम्पन्न गर्ने गरी भ्याटसहित तीन करोड ७१ लाख ११ हजार दुईसय २५ रूपैयाँमा ठेक्का लागेको थियो। रासस


प्रकाशित : मंगलबार, पुस २ २०८११२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend