शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

images
सोमबार, पुस १ २०८१
images
images
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

मंसिर २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई केन्द्रकी कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

images
images

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त भएका छन्। 

images
images
images

मंसिर २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई केन्द्रकी कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। 

images
images

गएको १९ महिनादेखि केन्द्रको कार्यकारी निर्देशक खालीमात्र होइन ठप्प जस्तै रहेको छ। २०८० बैशाख ३ गते केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उक्त पद रिक्त थियो। पौडेलसँगै अरु कर्मचारी पनि कतिपय निलम्बनमा छन् भने भएकाहरूले काम गर्नै सकेका छैनन्। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका लागि आवश्यक पावर प्रणाली तथा प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक खरिदमा अनियमितता भएको भन्दै ‍विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। उक्त मुद्दामा पौडेल दोषी ठहर भइसकेका छन्।दोषी ठहरसँगै सरकारले २०८० फागुनमा पौडेलललाई पदबाट हठाएको थियो। पौडेल केन्द्रकै अन्त:शुल्क स्टिकर छपाइको मुद्दामा समेत दोषी ठहर भइसकेका छन्। 

पौडेललाई हटाएको १९ महिनापछि मात्रै सूचना तथा सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न भन्दै २०८१ मंसिर ३ गते आवेदन माग गरेको थियो।सोहीअनुसार केन्द्रको कार्यकारी निर्देशक पदका लागि चारजनाले आवेदन दिएका थिए। 

अनुप बाँस्कोटा, देवराज ढुंगाना, दामोदर रेग्मी र सुरेश कुमार कार्कीले आवेदन दिएका थिए। 


प्रकाशित : सोमबार, पुस १ २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend