शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

भक्तपुर महोत्सवमा लाखौँ आन्तरिक पर्यटक

images
सोमबार, पुस १ २०८१
images
images
भक्तपुर महोत्सवमा लाखौँ आन्तरिक पर्यटक

भक्तपुर नगरपालिकाको ऐतिहासिक नगरीभित्र प्रवेश गर्ने चारै नाकाबाट सुरू हुने महोत्सवको विभिन्न झलकले आउने आन्तरिक एवं बाह्य पर्यटकलाई दिन गएको पत्तै नहुने गरी आकर्षण दिएको छ।

images
images

भक्तपुर- भक्तपुर नगरपालिकाले आयोजना गरेका पाँच दिने भक्तपुर महोत्सव-२०८१ मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ।

images
images
images

मङ्सिर २८ गतेदेखि सुरू भएको महोत्सवमा प्रत्येक दिन एक लाख आन्तरिक पर्यटकको आगमन भएको र शनिबार तथा आइतबार बिदाका दिन दैनिक करिब दुई लाखका दरले आन्तरिक पर्यटकको आगमन भएको भक्तपुर नगरपालिका मेला आयोजक समितिले जानकारी दिएको छ।

images
images

भक्तपुर नगरपालिकाको ऐतिहासिक नगरीभित्र प्रवेश गर्ने चारै नाकाबाट सुरू हुने महोत्सवको विभिन्न झलकले आउने आन्तरिक एवं बाह्य पर्यटकलाई दिन गएको पत्तै नहुने गरी आकर्षण दिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै भक्तपुरलाई विश्वभर चिनाउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको महोत्सवमा नौका बिहारदेखि यहाँका जात्रा, पर्व र परम्परा नजिकबाट नियाल्न सकिने नगर प्रमुख सुनिल प्रजापति बताउँछन्।

images
images
images

कमलविनायकस्थित यातुबारे पुखु तथा भाज्या पुखु, नः पुखु, सिद्ध पोखरीमा नगरपालिकाले महोत्सवका क्रममा नौका बिहार सञ्चालन गरेको छ। पोखरीमा कतै नौका बिहार त कतै वाटर साइक्लिङको मजा लिने व्यवस्था गरेको छ।

कमलविनायक लामगाल चउरको पुस्तक प्रदर्शनीमा १७ वटा प्रकाशनगृहको पुस्तक प्रदर्शनी गरिएको छ। बाँसुरीबाजा प्रतियोगिता गर्नुका साथै विद्यार्थी निकेतन माविको प्राङ्गणमा ऐतिहासिक, सांस्कृतिक तथा जीवनशैलीको फोटो प्रदर्शनी गरिएको छ।

भक्तपुर दरबार क्षेत्रको पुरानो जनज्योति पुस्तकालय रहेको ठाउँमा ५० जना कलाकारको आफ्नो कला प्रदर्शनी गरेको छन् भने मूर्तिकार विकल प्रजापतिको एकल मूर्तिकला दर्शकको ध्यान केन्द्रीत गरेको छ।

ख्वप कलेज देकोचा परिसरमा विभिन्न विद्यालयको शैक्षिक मेला तथा प्रदर्शनी रहेको क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शनी भइरहेको छ। विभिन्न विद्यालयको शैक्षिक प्रदर्शनी रहेको भेलुखेल क्षेत्रमा बालमैत्री मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको छ। टोलटोलमा प्रदर्शन भएको लोभलाग्दो नेवार संस्कृतिबाट पर्यटकहरू लोभिएका छन्।

विभिन्न भजन टोलीद्वारा यहाँका चोकचोकमा विभिन्न सन्देश प्रवाह गर्ने भजनहरूले आउनेहरूलाई पुरानो संस्कृतिको झल्को दिलाएको छ। सूर्यमढी टोलमा ८० वर्ष पुरानो ल्हो चाख, १०० वर्ष पुरानो सिं चाख तथा टायर र आधुनिक बिजुलीको चक्काबाट सलि, खुत्रुके, गमला, भाजं, घ्यर्वा, चिलं धुपौरो, गपचाजस्ता माटोको भाँडाहरू बनाएरू प्रर्दशनी गरेको छ।

वाकुपति नारायण स्थान र दत्तात्रय क्षेत्रमा अन्नहरूको चित्र हलिमलि तथा परम्परा बाजाहरू तथा तलातुन्छी गणेशको द्योछेँ परिसरमा विश्वकर्मा भैल प्याखंको पोसाक, बाजा तथा माटाको नेवारी भाँडाकुँडा प्रदर्शनी गरिएको छ।

एक वर्षभित्र यहाँ मनाइने भक्तपुरका सांस्कृतिक र परम्परागत जात्राहरू हेर्ने अवसर पनि प्रदान गरेको छ। ल्योसिंखेल टोलमा ५५ हात लामो लिङ्गो उठाउने बिस्केट जात्रा प्रदर्शन गरिनुका साथै गाईजात्रा, घिन्ताङघिसी लगायतका विभिन्न ऐतिहासिक नाच र नेवार समुदायमा १५ दिनमा आउने प्रत्येक जात्रा, पर्व, नाचलाई महोत्सवमा प्रदर्शन गरिएको छ। 

महोत्सवका मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम बाँसुरी प्रतियोगिता, भजन, नौबाजा, नृत्य प्रदर्शनी,  पौभा कला, परम्परागत खेलकुद, नेवारी जीवनशैली, माटोका सामग्री प्रदर्शनी, मेला खाना महोत्सव, दही महोत्सव र मनोरञ्जनात्मक गतिविधि हर्न सकिन्छ।

नेवार जनजीवनसँग सम्बन्धित न्येदा पुन्ही, पेदापुन्ही, ईहि, बाह्रा तयगु, कयता बेगु, भिं ईपा, जंको प्रदर्शनी, महिला समूहको समयबजी, योमरीको स्टललागयत विभिन्न खानाको स्टलमा यहाँका खानाको स्वाद चाख्न पनि पाइन्छ।

भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनालाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरी पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पुर्‍याउने महोत्सव सफल भएको नगर प्रमुख प्रजापतिले बताए। रासस


प्रकाशित : सोमबार, पुस १ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend