शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

धरानमा फस्टाउँदै सिद्रा व्यापार

images
सोमबार, पुस १ २०८१
images
images
धरानमा फस्टाउँदै सिद्रा व्यापार

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन्। धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राको व्यापार गर्ने व्यापारीको सङ्ख्या एक दर्जनभन्दा बढी छन्। पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन्।

images
images

धरान- मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन्। गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो। सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन्। 'सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ', उनले भनिन्।

images
images
images

शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो। सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनले बताइन्। सिद्राप्रति किलो ६ सयदेखि एक हजार दुईसय रूपैयाँसम्ममा बिक्री गर्छिन्। उनले भनिन्, 'मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु। महिनामा सबै खर्च कटाएर ४० हजार रूपैयाँसम्म बचत हुन्छ।'

images
images

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन्। सिद्राको पारखीहरु टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन्। शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका-३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि सिद्रा व्यापार फस्टाउने बताउँछन्। उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ।

images
images
images

उनले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएका छन्। पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उनले सुनाए। धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उनले बताए। यही व्यापारबाट उनले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताए।

उनले भने, 'नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ। मैले वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु।' धेरै जसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको उनको भनाइ छ।

सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ। सो अवधिमा उनले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताए। नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ। सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ। आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने उनले बताए।

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन्। धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राको व्यापार गर्ने व्यापारीको सङ्ख्या एक दर्जनभन्दा बढी छन्। पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन्। रासस


प्रकाशित : सोमबार, पुस १ २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend