शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको घट्यो

images
आइतबार, मंसिर ३० २०८१
images
images
पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको घट्यो
images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

images
images
images

आइतबार बसेको निगम सञ्चालक बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्माण गरेको हो।

images
images

निगमका अनुसार पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ६२ रुपैयाँ तोकेको छ। 

images
images
images

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १ सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५१ रुपैयाँ तोकिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल तोकेको छ।

इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर १ पैयाँ ४८ पैसा घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।


प्रकाशित : आइतबार, मंसिर ३० २०८१२०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend