शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३० २०८१
images
images
एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री
फाइल तस्बिर

गत आर्थिक वर्ष २०८०/८१ मा तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ।

images
images

म्याग्दी- यहाँको बेनी नगरपालिका-४ सिंगामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ। 

images
images
images

गत आर्थिक वर्ष २०८०/८१ मा तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ।  

images
images

कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिंगामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए। 

images
images
images

गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको उनले जानकारी दिए। १२ करोड लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो। ६४ जना सेयर सदस्यको चार करोड ८३ लाख सेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले पाँच करोड सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ। 

सिंगामा १७ परिवार किसानको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ। रासस 


प्रकाशित : आइतबार, मंसिर ३० २०८१०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend