शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै

images
शनिबार, मंसिर २९ २०८१
images
images
मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै

विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस-प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थपको प्रक्रिया प्रारम्भ भएको छ।

images
images

वीरगञ्ज- मधेस-प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सु-व्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन्। विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस-प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थपको प्रक्रिया प्रारम्भ भएको छ।

images
images
images

हाल जनकपुर र वीरगञ्जमा मात्र पर्यटक प्रहरीको व्यवस्था भएकामा अब ठोरी गाउँपालिकामा नयाँ इकाइ स्थापनाको प्रक्रिया प्रारम्भ गरिने भएको छ। उक्त पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटक प्रहरीका निम्ति आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्नो पालिका तयार रहेको बताए।

images
images

वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले पर्यटक प्रहरीको अभावमा मधेस घुम्न आउने विदेशी पर्यटकले सास्ती बेहोर्नु परेकाले त्यसो हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्न स्थानीय प्रशासनसँग आफूहरुले अनुरोध गरेको बताए।

images
images
images

'यहाँका होटल व्यवसायीहरुले विभिन्न समयमा प्रहरीबाट अभद्र व्यवहारको सामना गर्दै आइरहेका छन्', उनले भने, 'त्यस्ता गतिविधि हुन नदिन जरुरी भइसकेको छ।' 

मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले मधेस प्रदेशमा पर्यटकीय क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीलाई पर्यटक प्रहरीका रुपमा परिचालन गर्न सकिने बताए।

मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँले प्रदेश सरकार पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। वीरगञ्ज नाका हुँदै भारतीय पर्यटकहरु जनकपुर, गढिमाईलगायत यहाँका धार्मिकस्थलको भ्रमणमा जाने गरेका छन्। रासस


प्रकाशित : शनिबार, मंसिर २९ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend