शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित

images
शनिबार, मंसिर २९ २०८१
images
images
स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित

आँबुखैरेनीस्थित हाटबजारमा ६ हजार ७५ किलोग्राम मास बिक्री भएको छ। पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास बिक्री भएको हो। त्यस क्रममा कृषकले १२ लाख १५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएका छन्।

images
images

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन्। जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एकसय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन्।

images
images
images

छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका-३ स्थित हाटबजारबाट सहज रूपमा बिक्री भइरहेको छ। यहाँ कृषकलाई मागअनुसार मास पुर्‍याउनै हम्मेहम्मे भइरहेको छ। 

images
images

खेउसिङका कृषक कमानसिंह गुरुङले विगत वर्षहरूमा बजार खोज्दै हिँड्नु परे पनि यसपटक यहाँ उत्पादित मासले बजार पाएपछि आफूहरू खुसी भएको बताए। उनले भने, 'विगतमा मास बिक्रीका लागि भौँतारिनुपर्थ्यो, अहिले त सहज रूपमा बिक्री गर्न पाउँदा सजिलो भयो।' आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्षदेखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री बिक्री वितरण गर्न सजिलो भएको उनको भनाइ छ।

images
images
images

बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थालेपछि यस खेतीतर्फ झनै आकर्षण बढ्ने बताए। 'बजार नपाउँदा कृषक खेतीतर्फ प्रोत्साहित हुँदैनन् तर जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसले आकर्षण बढ्छ', उनले भने, 'गाउँपालिकाको पहलमा सहज रूपमा मास बिक्री गर्न पाउँदा सजिलो भएको छ।'

आँबुखैरेनीस्थित हाटबजारमा ६ हजार ७५ किलोग्राम मास बिक्री भएको छ। पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास बिक्री भएको हो। त्यस क्रममा कृषकले १२ लाख १५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएका छन्।

पहिलो चरणमा आठ लाख ४० हजार रूपैयाँ र दोस्रो चरणमा तीन लाख ७५ हजार रूपैयाँको मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनका अनुसार प्रतिकिलो दुईसय रूपैयाँमा मास बिक्री गरिएको छ। 'माग धेरै हुँदा सबैलाई पुर्‍याउन सकिएको छैन', केसीले भने। 

गाउँपालिकाले हाटबजारसम्म ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन गरिदिएको थियो। यस्तै, मास उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २५ रूपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताए। गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ। हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ। हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोका रूपमा विकास भएको कृषकहरूले बताएका छन्। 

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले कृषिउपज वस्तु बिक्री वितरणका ल्याउँछन्। हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरिएको जानकारी दिए। उनले वार्षिक दुई लाख ५० हजार रूपैयाँ भाडा तिर्नेगरी गाउँपालिकाले जग्गा भाडामा लिएको बताए। गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने व्यवस्था गरिएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर २९ २०८१११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend