शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोज्दैछौँ : मन्त्री यादव

images
बिहीबार , मंसिर २७ २०८१
images
images
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोज्दैछौँ : मन्त्री यादव

उनले सरकारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए।

images
images

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन्।

images
images
images

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासंघ (फेडवास)द्वारा संयुक्तरुपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाई पैरवी राष्ट्रिय शिखर सम्मेलन’ मा उनले सरकारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए।

images
images

उजले भने, 'खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांकअनुसार करिब २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन्। यसको मतलब अहिले पनि करिब ७३ प्रतिशत नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी छ। यसलाई सोह्रौँ योजनाको अन्त्यसम्ममा ४५ प्रतिशत पुर्‍याउनका लागि ठोस् नीति, पर्याप्त बजेट, र दिगो योजना आवश्यक छ।' 

images
images
images

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाइ क्षेत्रले जलवायु परिवर्तन, सीमित बजेट, र जनसङ्ख्याको वृद्धि जस्ता चुनौतीको सामना गरिरहेको बताइन्। रासस


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend