शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २७ २०८१
images
images
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ७९ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ।

images
images
images

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १७ पैसा, स्वीस फ्रयांक एकको खरिदर एक सय ५३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५३ रुपैया ९८ पैसा रहेको छ।

images
images

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

images
images
images

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०४ पैसा, मलेसियन रिंगेट एकको खरिदर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैया ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५६ पैसा कायम गरेको छ।

यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ७९ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ३५ पैसा तोकिएको छ। यस्तै भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend