शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै २८ लाख रूपैयाँ ठगी गर्ने तीनजना पक्राउ

images
बुधबार, मंसिर २६ २०८१
images
images
वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै २८ लाख रूपैयाँ ठगी गर्ने तीनजना पक्राउ

प्रहरीले मधुलाई काठमाडौंको टोखा-६ बाट र गीतालाई काठमाडौं-२८ बाट तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२५ घर भइ काठमाडौंको टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका-१२ घर भइ काठमाडौं महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर रहेका छन्।

images
images

यस्तै काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका-७ घर भइ काठमाडौं-२२ बस्ने ३० वर्षीया दिव्या यादवलाई पनि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

images
images
images

उनले भने, 'पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट सात लाख रूपैयाँ, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट १६ लाख पाँच हजार रूपैयाँ तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट पाँच लाख १५ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो।'

प्रहरीले मधुलाई काठमाडौंको टोखा-६ बाट र गीतालाई काठमाडौं-२८ बाट तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए। रासस


प्रकाशित : बुधबार, मंसिर २६ २०८११३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend