शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाबाट पारित भयो प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने विधान

images
मंगलबार, मंसिर २५ २०८१
images
images
उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाबाट पारित भयो प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने विधान

योसँगै अब वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन् त्यसपछि भने अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाबाट विधान संशोधनको प्रस्ताव पारित भएको छ।

images
images
images

आज मंगलबार भएको विशेष साधरण सभाले महासंघको जेठ २० गतेको स्थायी समिति र असार २४ गतेको सातौँ कार्यकारिणी समिति बैठकले विधान संशोधनको मस्यौदा सर्वसम्मतरुपमा पारित गरेको थियो। सोही विधान संशोधनको प्रस्ताव विशेष साधरण सभाबाट अनुमोदन भएको हो।

images
images

योसँगै अब वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन् त्यसपछि भने अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने छ। 

images
images
images

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वतस्फूर्त विशेष साधारणसभाबाट विधान संशोधनको प्रस्ताव पारित भएको बताए। उनका अनुसार अब एकजना महिलासहित पाँचजना उपाध्यक्ष हुने छन्। जसमा जिल्ला नगरतर्फ दुई, एशोसिएट एक, वस्तुगत एक र महिला एकजना उपाध्यक्ष हुनेछन्। 

साथै महासंघको कार्यकाल दुई वर्षको हुने भएको छ। पारित विधान अनुसार अव कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ। वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षेकार्यकाल लागू हुने व्यवस्था गरिएको छ।



प्रकाशित : मंगलबार, मंसिर २५ २०८११८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend