शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

ऊर्जाको हरित संक्रमण रोकेर पेट्रोलियम ड्रिल बढाउने ट्रम्पको योजना

images
बुधबार, मंसिर २६ २०८१
images
images
ऊर्जाको हरित संक्रमण रोकेर पेट्रोलियम ड्रिल बढाउने ट्रम्पको योजना

जटिल भौगोलिक संरचनामा लुकेको तेल उत्खननमा अमेरिकी उद्यमी जर्ज मिसेलले विकास गरेको प्रविधिले गर्दा सन् २००८ पछि अमेरिकाले उत्पादनमा चमत्कार गरेको छ।

images
images

काठमाडौ- दोस्रोपटक अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विश्वभरका सरकार, संघ-संगठन आफैमा त्रसित र सचेत भएर बसेका छन्। अघिल्लो कार्यकालमा देखाएको शैली र केही यसैपालिको चुनावी क्याम्पियनमा उनले गरेको भाषणले यसमा धेरैलाई सावधान बनाएको छ। 

images
images
images

ट्रम्पको चुनावी क्याम्पियनमात्र होइन चिर्वाचित भएपछि ट्रेजरी सचिवमा मनोनयन गरेका स्कट बेसेन्टले पछिल्लो समय दिएको प्रतिक्रियाले संसारको एउटा अभियानको नेतृत्व गर्नेहरू सशंकित भएका छन्। संघीय बजेट कटौती, उच्च आर्थिक वृद्धि र पेट्रोलियम पदार्थको उच्च उत्खनन् बढाउने उनले बताएका छन्। 

images
images

सन् २०२८ सम्म अमेरिकाले प्रतिदिन ३० लाख ब्यारेल तेल उत्पादन गर्ने उनले उल्लेख गरेका छन्। प्राकृतिक ग्यास र तेलको उत्पादन बढाएर निर्यात गरेर अमेरिकी राजस्व वृद्धि गर्ने र अमेरिकामा सहज ऊर्जा आपूर्ति बढाउने ट्रम्प प्रशासनको मुख्य ध्यान हुने देखिएको छ। 

images
images
images

वर्तमान राष्ट्रपति बाइडेनले अघि बढाएको हरित ऊर्जाका लागि प्रोत्साहन दिने नीतिबाट पछि फर्किने र तेल उत्खनन् र प्रशोधन कम्पनीलाई अहिले लगाइएको अतिरिक्त शुल्क घटाउने ट्रम्प प्रशासनको योजना हुने देखिएको छ। 

जतिसक्दो धेरै ड्रिलका परियोजना अघि बढाउने र अमेरिकालाई पेट्रोलियम उत्पादनको बादशाह बनाउने ट्रम्पको योजना रहेको छ। ऊर्जाको हरितीकरणका लागि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र नै पेट्रोलियम ड्रिलको लाइसेन्स विस्तार गर्ने र त्यस्ता कम्पनीको नाफा सुरक्षित गर्न प्रोत्साहन दिनेतिर लागेमा कार्बन उत्सर्जनका लागि अहिलेका विश्वव्यापी पहल धराशायी हुने धेरैको अनुमान छ। 

विश्वकै ठूलो अर्थतन्त्र र शक्तिाशाली राष्ट्र संयुक्त राज्य अमेरिका इन्धनको बजारमा नयाँ बादशाहको रुपमा उदाइसकेको छ। अमेरिकी उद्यमी र प्रविधिको साथले गएको चार दशकमा अमेरिका इन्धनको चरम अभाव भोगेको मुलुकबाट विश्व बजारको बादशाहको रुपमा स्थापित भएको छ। 

सन् १९७० को दशकमा अरब देशले इन्धन आपूर्ति रोकिएपछि अभावले तड्पिएको अमेरिकाले त्यसपछि जे-जति प्रयास गर्‍यो जुन रोमाञ्चक छ। जटिल भौगोलिक संरचनामा लुकेको तेल उत्खननमा अमेरिकी उद्यमी जर्ज मिसेलले विकास गरेको प्रविधिले गर्दा सन् २००८ पछि अमेरिकाले उत्पादनमा चमत्कार गरेको छ।

सन् २०१८ मा आत्मनिर्भर भएको अमेरिकाले सन् २०१९ मा निर्यातको ढोका खोलेको थियो भने अहिले पाँचौ ठूलो निर्यातकर्ता भइसकेको छ। सन् २००५ मा कुल मागको ५० प्रतिशत इन्धन आयात गर्ने अमेरिका अहिले संसारकै ठूलो उत्पादक पनि बनिसकेको छ। आर्टिक बेसिनमा रहेका अमेरिका, क्यानडा र ब्राजिलको अगुवाइमा इन्धनको विश्व बजारमा अहिले हस्तक्षेप गरिरहेका छन्। 

ओपेक देशले उत्पादन घटाएर मूल्य बढाउन खोज्दा पनि यी देशले आपूर्ति बढाएर मूल्य नियन्त्रण गरिदिएका छन्।पछिल्लो समय अमेरिकाले तेलको उत्पादनमात्र बढाएको छैन उत्पादन लागत निकै घटाइदिएको छ। रसियाकै तहमा करिब प्रतिब्यारेल ३५ डलर लागतमा तेलको उत्खनन् गर्न अमेरिका सफल भएको छ। यो लागतकै कारणले गर्दा प्रतिस्पर्धी मूल्यमा युरोपमात्र होइन एसियासम्म आपूर्ति गर्न अमेरिका सफल भएको छ। 

तर ट्रम्पले भनेजस्तो तेलको उत्खनन् रफ्तारमा बढ्न भने कठिन देखिएको छ। अधिकांश तेल उत्पादक देशमा उत्खनन् तथा प्रशोधन गर्ने कम्पनी सरकारी हुन्छन् र सरकारको योजनाअनुसार काम गर्छन्। तर अमेरिकामा भने निजी कम्पनी हुन्छन् जसले नाफा नबढ्दासम्म उत्खनन् बढाउने सम्भावना छैन। 

दैनिक ३० लाख ब्यारेल तेल उत्पादनको क्षमता विस्तार सम्भव नभएपनि ट्रम्प प्रशासनले ऊर्जा संक्रमणको विश्वव्यापी पहलमा भाँजो हाल्न सक्ने जोखिम बढेको छ। 


प्रकाशित : बुधबार, मंसिर २६ २०८१०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend