शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

निजामती विधेयकमा योगेश भट्टराईको प्रस्ताव : कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौँ

images
मंगलबार, मंसिर २५ २०८१
images
images
निजामती विधेयकमा योगेश भट्टराईको प्रस्ताव : कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौँ

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि संसद्‌मा प्रस्तुत सो विधेयक संघीय निजामती प्रशासनको प्रस्थान बिन्दु भएको उल्लेख गर्दै उनले संघीय प्रणालीअनुसार निजामती सेवामा पनि बदलाव आउनुपर्ने बताए।

images
images

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउन प्रस्ताव गरेका छन्।

images
images
images

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले उपसचिवभन्दा माथिका कर्मचारीको अवकाश उमेर ६५ र उपसचिवभन्दा तलका कर्मचारीको अवकाश उमेर ६२ वर्ष कायम गर्न प्रस्ताव गरे।

images
images

नेता भट्टराईले निजामती सेवाबाट अवकाशलगत्तै अन्य नियुक्तिका लागि न्यूनतम दुई वर्ष ‘कुलिङ पिरियड’ को व्यवस्था राख्नुपर्नेमा जोड दिए। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि संसद्‌मा प्रस्तुत सो विधेयक संघीय निजामती प्रशासनको प्रस्थान बिन्दु भएको उल्लेख गर्दै उनले संघीय प्रणालीअनुसार निजामती सेवामा पनि बदलाव आउनुपर्ने बताए।

images
images
images

'अब परम्परागत मान्यता बदल्नुपर्छ, ‘राज्यको काम, कहिले जाला घाम’ हुनुहुँदैन', उनले भने, 'राज्य व्यवस्था जनताप्रति जवाफदेही र उत्तरदायी हुने संवैधानिक व्यवस्था छ, अब कर्मचारी प्रशासन पनि जनता र सम्बन्धित निकायप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ।'

सांसद दामोदर बैरागीले कर्मचारी ट्रेड युनियनलाई राजनीतिक दलसँग आबद्ध गर्न नहुनेमा जोड दिए।

सांसद अम्बरबहादुर रायमाझीले ट्रेड युनियनको भूमिका बदल्नुपर्छ भन्दै निजामती सेवालाई पारदर्शी र जवाफदेही बनाउन विधेयकमा सोसम्बन्धी व्यवस्था स्पष्टसँग राखिनुपर्ने बताए। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend