शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनुपर्नेमा मन्त्री दाहालको जोड

images
मंगलबार, मंसिर २५ २०८१
images
images
जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनुपर्नेमा मन्त्री दाहालको जोड

स्वच्छ ऊर्जाको उपयोगलाई प्रोत्साहन ग़री विश्वव्यापी प्रदूषण नियन्त्रणमा लाग्नु अहिलेको आवश्यकता रहेकोमा मन्त्री देवेन्द्र दाहालको जोड थियो।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनुपर्ने बताएका छन्।

images
images
images

फिलिपिन्सको मनीलामा जारी ‘वातावरणीय दिगो यातायातसम्बन्धी १६औँ उच्चस्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ लाई मंगलबार सम्बोधनका क्रममा उनले नेपालले समेत बेमौसमी वर्षा र बाढीका कारण ठूलो नोक्सानी ब्यहोर्नु परेको बताए। स्वच्छ ऊर्जाको उपयोगलाई प्रोत्साहन ग़री विश्वव्यापी प्रदूषण नियन्त्रणमा लाग्नु अहिलेको आवश्यकता रहेकोमा उनको जोड थियो।

images
images

दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जननमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरुको विकास र सशक्तिकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाइएको छ।

images
images
images

सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरुले आ-आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरुका बारेमा धारणा राख्ने र विभिन्न शत्रहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुती एवम् छलफलको कार्यक्रम रहेको छ।

सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदूषणसम्बन्धी लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षतासमेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका रहेको छ।

मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राईसमेत कार्यक्रममा सहभागी छन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनसमेत सहभागी छन्।

कार्यक्रम संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसंघ क्षेत्रीय विकास केन्द्र, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायतका निकायहरुको आयोजनामा भएको हो।

चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहालसहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कने छ।


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend