शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नेपाल-चीनबीच भएको 'बीआरआई सहकार्य फ्रेमवर्क' सम्झौताको पूर्णपाठ सार्वजनिक

images
मंगलबार, मंसिर २५ २०८१
images
images
नेपाल-चीनबीच भएको 'बीआरआई सहकार्य फ्रेमवर्क' सम्झौताको पूर्णपाठ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) 'सहकार्य फ्रेमवर्क'मा हस्ताक्षर भएको थियो।

images
images

काठमाडौं- सरकारले नेपाल-चीनबीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ। गतसाता भएको सम्झौता परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।  

images
images
images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भेटघाटलगत्तै सरकारले बीआरआईको दस्तावेज सार्वजनिक गरेको हो।

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) 'सहकार्य फ्रेमवर्क'मा हस्ताक्षर भएको थियो। जसअन्तर्गत डडेलधुरास्थित अमरगढी सिटी हल, टोखा-छहरे सुरुङमार्ग र जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्गसहित १० परियोजना निर्माणमा सम्झौता भएको छ। 

images
images
images

यस्तै बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएका परियोजनामा हिल्सा-सिमकोट सडक परियोजना, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरुङ-रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन्। 

सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउने विषयमा थप समय पाउने देखिएको छ।  

यस्तो छ बीआरआई सहकार्य फ्रेमवर्क' सम्झौता -


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend