शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी

images
मंगलबार, मंसिर २५ २०८१
images
images
परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी

सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बीउ निःशुल्क दिएको बताइन्।

images
images

देउखुरी- दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन्। तुलसीपुर उपमहानगरपालिका-१८  बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन्।

images
images
images

तुलसीपुर-१६ का सीता चौधरी सो सहकारीको कोषाध्यक्ष हुन्। उनी पूर्वकमलरी पनि हुन्। उनले कमलरी मुक्त भएपछि सहकारीमा आबद्ध भएर काम गर्दै आएकी छिन्। सहकारीले प्रतिकट्ठा र तीन हजार वार्षिक भाडा दिने सर्तमा ३५ कट्ठा जमिन लिएको छ। सोही जमिनमा गत वर्षदेखि सहकारीले तिल्की धानखेती गर्न थालेको उनले बताइन्।

images
images

'सामूहिक रुपमा धानखेती गर्दा समयमा रोपाइँ हुन्छ, काट्न, दाउन पनि सबै सदस्य मिलेर गर्छौँ', उनले भनिन्। गत वर्ष फलेको ५५ क्विन्टल धानमध्ये ५० क्विन्टल बिक्री गरेर गत वर्ष चार लाख रूपैयाँ आम्दानी भएको उनले बताइन्।

images
images
images

'अब गत वर्षको पाँच क्विन्टल धान मात्रै बाँकी रहेको छ, त्यो पनि माग आएको छ कुटाएर बिक्री गर्ने तयारीमा छौँ', उनले भनिन्, 'गत वर्ष धेरैजसो धान बिक्री भयो बाँकी चामल बनाएर बिक्री गरेका थियौँ।'

सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बीउ निःशुल्क दिएको बताइन्। 'सोही धानको बीउ ३५ कट्ठा खेतमा रोपेको ६० क्विन्टल फल्यो', उनले भनिन्, 'अन्य सामान्य धानभन्दा यो धान महँगोमा बिक्री हुने गरेको छ, अरू धान तीन हजार चारसयमा बिक्री हुन्छ। तिल्की धान आठ हजार रूपैयाँ प्रतिक्विन्टलमा बिक्री भइरहेको छ।'

बाह्र क्विन्टल धान बिक्री गरेर ९६ हजार रूपैयाँ आम्दानी भइसकेको उनले बताइन्। चामल १५ हजार रूपैयाँ प्रतिक्विन्टलमा बिक्री भएको उनले बताइन्। उनले भनिन्, 'संस्थामा रहेका पदाधिकारीले गत वर्ष परम्परागत तिल्की धानखेती गरेका थियौँ, राम्रो आम्दानी भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौँ।'

गत वर्षभन्दा यसवर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उनको भनाइ छ। चारसय ७० जना सदस्य रहेको सो सहकारीका सबै सदस्यले सामूहिक खेती गर्ने र बिक्री गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेको अध्यक्ष चौधरीले बताए। जैविक मल प्रयोग गरेर खेती गरेको उनले बताए। चामल ढुवानीमा समस्या रहेको उनको भनाइ छ। चामल ‘ब्रान्डिङ’ गरेर लोगो राख्न पाए बिक्री गर्न सजिलो हुने उनले बताए। वडा र तुलसीपुर उपमहानगरपालिकासँग प्रशोधन तथा बजारीकारणको माग गरेको उनले बताए।

विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो। मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरिएको थियो। मुक्त कमलरीले आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन्। सहकारीमा १४ हजार सात सय २१ सदस्य रहेका छन्।

सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन्। उनले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरेर आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताइन्। तुलसीपुर-१८ मा रहेको गन्यारी कृषि सहकारी संस्थाले दाङमा नमूना काम गरेको उनले बताइन्। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend