शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तीन वर्षभित्र सक्नेगरी १४ करोड लागतमा निर्माण थालिएको पुल सात वर्षसम्म पनि बनेन

images
मंगलबार, मंसिर २५ २०८१
images
images
तीन वर्षभित्र सक्नेगरी १४ करोड लागतमा निर्माण थालिएको पुल सात वर्षसम्म पनि बनेन

पुल निर्माण सम्पन्न नहुँदा हिउँदको समयमा उपमहानगरपालिकाले ह्युम पाइपमार्फत सवारीसाधन सञ्चालन गर्न सडक निर्माण गर्दै आएको छ।

images
images

गोदावरी- कैलालीको शिवगंगा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ। धनगढी उपमहानगरपालिका-१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन।

images
images
images

निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो। १४ करोड २६ लाख रूपैयाँ लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबीच २०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्र गरेको धनगढी उपमहानगरपालिका-१७ का वडाध्यक्ष माधवराज रानाले बताए। 

images
images

खुटिया र शिवगंगा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो। उनले भने, 'खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो तर शिवगंगामा काम भएको छैन।'

images
images
images

सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् तीन करोड १३ लाख ७२ हजार रूपैयाँ भुक्तानी लिएको छ। ठेक्का सम्झौताअनुसार सो पुलको निर्माण कार्य २०७७ असारसम्म सम्पन्न हुनुपर्ने हो। सडक डिभिजन कार्यालयले पटक-पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ।

निर्माण कम्पनीले साढे दुई वर्ष थप्न माग गरेपछि पुल निर्माणका लागि समय थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले बताए। निर्माण कम्पनीले चालु आवभित्र पुल निर्माण सम्पन्न गर्ने जनाएको उनको भनाइ छ।

शिवगंगा नदीमा पुल निर्माण सम्पन्न नहुँदा बर्सातका बेला बयलगाडामा एक पटकको एकसय रूपैयाँ शुल्क तिरेर नदी तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष रानाले जानकारी दिए। पुल निर्माण सम्पन्न नहुँदा हिउँदको समयमा उपमहानगरपालिकाले ह्युम पाइपमार्फत सवारीसाधन सञ्चालन गर्न सडक निर्माण गर्दै आएको छ।

बर्सातको समयमा शिवगंगामा बाढी आउने भएकाले मोटरसाइकल र साइकल गाडामै राखेर नदी वारपार गर्ने गरिन्छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend