शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

काठमाडौं महानगरमा स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २५ २०८१
images
images
काठमाडौं महानगरमा स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

images
images
images

‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक-फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिइन्।

images
images

प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ।

images
images
images

स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ। यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ।

बैंकमार्फत निःशुल्क कपडा वितरण

महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गत कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ। यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ। आगामी पुसभित्र कार्यविधि तयार गरिने र त्यसलगत्तै कपडा बैंक सञ्चालनमा ल्याउने तयारी छ।

प्रमुख निरौलालाका अनुसार ३२ वटै वडामा कम्तीमा एक–एक कपडा सङ्कलन केन्द्र राखिने छ। वडामा सङ्कलन भएको कपडाका लागि महानगरपालिकाले मर्मत केन्द्र तयार गर्नेछ। त्यस केन्द्रमार्फत जम्मा भएको कपडाको छनोट हुने र मर्मतपछि पनि प्रयोग गर्न नमिल्लेलाई महानगरपालिकाले सिरक, डसना बनाउने छभने सामान्य मर्मत वा मर्मत नै नगरी प्रयोग गर्न सकिनेलाई सोहीअनुसार प्याकिङ र वितरण गर्ने तयारी रहेको प्रमुख निरौलाले बताइन्।

यसरी तयार गरिएको सामग्री महानगरपालिकाले आवश्यक भएको व्यक्तिलाई निःशुल्क वितरण गर्नेछ। कपडा बैंक सञ्चालनमा प्रयोगविहीन कपडाको प्रयोग बढ्नुका साथै कपडाजन्य वस्तुबाट हुने वातावरण प्रदूषणमा कमी आउने विश्वास गरिएको छ।

कार्यविधि बन्ने चरणमा रहेकाले वितरणका लागि कति स्थान तय गर्ने भन्ने विषय अहिले नै यकिन नभएको उनले जानकारी दिइन्। यस कार्यक्रमका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend