शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मुग्लिन-पोखरा सडक : छिर्कनेमा रातिको समयमा गरिएको अवरोध हट्यो, यातायात चलाउन पाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २५ २०८१
images
images
मुग्लिन-पोखरा सडक : छिर्कनेमा रातिको समयमा गरिएको अवरोध हट्यो, यातायात चलाउन पाइने

पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन्। पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भइ २०७८ बैशाखदेखि काम सुरु भएको थियो।

images
images

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ। 

images
images
images

मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो।

images
images

गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्काे सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। 

images
images
images

उनले भने, 'रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ। अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन्।'

मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन्। पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भइ २०७८ बैशाखदेखि काम सुरु भएको थियो।  रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८१०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend