शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण थालियो

images
सोमबार, मंसिर २४ २०८१
images
images
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण थालियो

साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन्।

images
images

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका-४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यको आज यहाँ शुभारम्भ गरेका छन्।

images
images
images

साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन्।

images
images

वर्तमान सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि जग्गाधनी प्रमाणपुर्जा वितरण कार्य सम्भव भएको हो।

images
images
images

सो अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि त्यो कदापि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए। रासस


प्रकाशित : सोमबार, मंसिर २४ २०८११५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend