शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

महावै गाउँपालिकाको मुकाम जोड्ने सडक बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २४ २०८१
images
images
महावै गाउँपालिकाको मुकाम जोड्ने सडक बन्दै
फाइल तस्बिर

उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नति हुने त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमले ठेक्कालगायतका अन्य काम गर्ने गाउँपालिकाले जनाएको छ।

images
images

मान्म- कालिकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको छ। विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमअन्तर्गत महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको हो। 

images
images
images

उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नति हुने त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमले ठेक्कालगायतका अन्य काम गर्ने गाउँपालिकाले जनाएको छ। 

images
images

सडक निर्माणका लागि स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने सम्झौता भएको र लगानी तथा पूर्वाधार निर्माण स्थानीय सडक सुधार कार्यक्रमले गर्ने महावै गाउँपालिकाका अध्यक्ष खेमबहालुर सिंहले बताए। 'विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहको ग्रामीण सडक स्तरोन्नति हुने भएको छ', उनले भने, 'त्यसै योजनाअनुसार महावै गाउँपालिका जोड्ने सडकको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ सडक निर्माण हुनेछ।’

images
images
images

कालिकोटको महावै गाउँपालिका मुकाममा सडक जोड्नका लागि कालीकोट-जुम्ला सडकखण्डको खाँडाचक्र नगरपालिका-८ को सेरावाडादेखि महावै गाउँपालिकाको केन्द्र पादमघाटसम्म जोड्ने नौ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको र त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतका अन्य काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्षले सिंहले बताए। उनले भने, 'अब सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्छ।'

यो आयोजनामा कालिकोट-जुम्ला सडकखण्डबाट महावै गाउँपालिका जोड्नका लागि तिला नदीमा पक्की पुल निर्माण हुने र पाँच वर्षभित्रमा सडक कालोपत्र, स्तरोन्नतिलगायत गरिने गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए। 

महावै गाउँपालिकामा हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको अवस्थामा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) बाट सडक जोडिन लागेको हो। रासस


प्रकाशित : सोमबार, मंसिर २४ २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend