शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

म्याग्लुङ-पिप्ले-अम्फुवा-सोल्मा-शुक्रबारे सडक कालोपत्र हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २४ २०८१
images
images
म्याग्लुङ-पिप्ले-अम्फुवा-सोल्मा-शुक्रबारे सडक कालोपत्र हुँदै

उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ।

images
images

तेह्रथुम- म्याङलुङ अम्फुवा मंगलबारे सडक कालोपत्र हुने भएको छ। आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्र हुने ठाउँको अवलोकन गरेकी थिइन्। 

images
images
images

सो अवसरमा उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पुर्‍याउन  सहज भइ स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गरिन्। संघीय सरकारको सहरी विकास मन्त्रालयको १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो। 

images
images

विसं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिए। 

images
images
images

उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ।

 त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख मिश्रले बताए। 

उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका–८ मंगबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताए। हिउँदमा जसोतसो सडक चले पनि वर्षातको समयमा यहाँका किसानले काँधमै बोकेर कृषि उपज हटिया ल्याउनुपर्ने बाध्यता यो सडक कालोपत्र भएसँगै अन्त्य हुने विश्वास लिइएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर २४ २०८११०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend