शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

images
आइतबार, मंसिर २३ २०८१
images
images
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सातसय ९८ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

images
images

तनहुँ- जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्।

images
images
images

विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए। उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ।

images
images

अझै ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आबद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताए। जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठूलो जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उनको भनाइ छ।

images
images
images

सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ। उनका अनुसार जिल्लामा स्वास्थ्य बीमामा आबद्ध भएकालाई प्रथम सेवा बिन्दु ६ वटा रहेका छन्। 

पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका उनले जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा तीन हजार पाँचसय रूपैयाँ तिर्नुपर्दछ। परिवारमा पाँच भन्दाबढी सदस्य भएमा प्रति सदस्यको सातसय रूपैयाँका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिए। स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ।

सरकारले बीमामा आबद्ध पाँच सदस्यलाई वार्षिक एक लाख रूपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२/७३ देखि यो कार्यक्रम लागु गरिएको हो। रासस


प्रकाशित : आइतबार, मंसिर २३ २०८११४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend